चलचित्र ‘मीलन’को टिजर सार्वजनिक

आर्टिष्ट खबर/ भदौ,  काठमाडौं ।

आगामी तिहारको अवसरमा कात्तिक १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘मीलन’को टिजर सार्वजनिक गरिएको छ ।

टेक पौरखी राई निर्देशीत १ मिनेट २८ सेकेण्ड लामो टिजरमा प्रेम र बिछोडलाई देखाइएको छ । बिहीबार दिउँसो ‘टाकुरा फिल्मस्’ युट्युवमा  सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार अभिनेताद्धय कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापा बिचको प्रेम देखिन्छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको यस चलचित्रको उक्त टिजरमा कालिन्चोकको लोभलाग्दो दृश्य पनि देख्न सकिन्छ ।

चलचित्रको निर्माण टिमले यसअघि पोष्टर पनि सार्वजनिक गरिसकेको छ । यो सँगै चलचित्रको प्रचारको कामलाई तिब्र पारिएको छ । अभिनेता कुशल र अभिनेत्री शिल्पाले यसै चलचित्रबाट डेब्यु गर्दैछन् । चलचित्रको कथा पनि निर्देशक राईले नै लेखेका हुन् ।

चलचित्रमा कुशल, सलोन र शिल्पासँगै शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रमा कबिराज गहतराजको कोरियोग्राफि रहेको छ भने प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ । यस्तै संगीतकारको रुपमा राजु सेन्चुरी रहेका छन् । चलचित्रमा द्धन्द्ध निर्देशन कुमार महर्जनको रहेको छ । चलचित्रमा ब्याकग्राउण्डस्कोर शैलेश श्रेष्ठको रहेको छ भने एरेन्जरको जिम्मा पुरुषोत्तम सुवेदी र कृष्ण केसीलाई रहेको छ । चलचित्रको पोष्टर डिजाइन टौवा क्रिएसनले गरेको छ भने मेकअप आर्टिष्टमा डिके हमाल र गीताञ्जली योगी छन् ।

काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माता प्रविन थापा हुन् । राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।

भिडियोः