द भ्वाइस अफ नेपाल सिजन ४ आज देखी, ग्राण्ड प्रिमियर सम्पन्न

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं</b></pre><p style="text-align: justify; ">लोकप्रिय गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । आज (भदौ २४) शुक्रबारबाट राती ८ बजे हिमालय टेलिभिजनमार्फत प्रसारण हुने द भ्वाइसको&nbsp;हिजो नयाँ बानेश्वरस्थित वनसिनेमाजमा ग्राण्ड प्रिमियर गरियो । प्रिमियरमा बिज्ञापनदाता, सञ्चारकर्मि तथा भ्वाइसकै कोच सहितको टिम रहेको थियो ।&nbsp;</p><p style="text-align: justify; ">प्रिमियरमा चार कोच मध्ये राजेश पायल राई, प्रमोद खरेल र प्रबिसा अधिकारीको उपस्थिती थियो भने कोच राजु लामाको जापान जाने तालिका भएकाले प्रिमियरमा उपस्थित हुन नसकेको निर्देशक लक्ष्मण पौडेलले जानकारी गराए । द भ्वाइसको चौथो सिजनको पहिलो भाग हेरिसकेपछि उपस्थित अतिथिहरुले पहिलेका सिजन भन्दा यसपटक अझ मज्जा आएको भन्दै बाहिरिएका थिए ।&nbsp;</p><p style="text-align: justify; ">यसपटकको सिजनमा दुई कोच राजेश पायल राई र प्रविसा अधिकारी नयाँ छन् । त्यसैले पनि केहि फरक पाउन सकिने बताइएको छ । प्रिमियर सकिएपछि कोच राजेश पायलले आफूलाई रमाइलो लागेको र टिमको कामको प्रशंसा गर्न मन लागेको बताए । उनले आफू कोच भएर आइरहदा नेपालका दुरदराजमा रहेका नयाँ मौलिक प्रतिभा छान्ने उद्देश्य रहेको बताए । उनी भन्छन्, मलाई मेरो मनले जुन प्रतियोगी छान्न भन्छ त्यो छान्छु, नकि कसैले भनेको भरमा । बिशेषगरी मौलिक स्वरलाई आफ्नो टिममा राख्न चाहान्छु । कोच प्रविसाले पनि अहिलेको सिजनमा आएका प्रतियोगीहरु पनि निकै प्रतिभावान रहेको बताइन् । कोच प्रमोद खरेल केहिसमय उपस्थिती जनाएर समय ब्यस्तताका कारण बाहिरिएका थिए ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/Z-3qA3GNb4I" width="640" height="360" class="note-video-clip"></iframe>&nbsp;</p>