ब्युटिसियन मन्जु थापाले जितिन् बेष्ट टाइटल अवार्ड

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

ब्युटिसियन मन्जु थापाले नेपाल फेशन इन्टरटेनमेन्ट अवार्ड २०२२ मा अवार्ड हात पारेकी छिन् । उनले बेष्ट टाइटल विनर (प्रोफेसनल बिधा) अवार्ड हात पार्न सफल भएकी हुन् । केहि दिन अघि काठमाडौंको पाँचतारे होटल र्याडिसनमा सम्पन्न नेपाल फेशन इन्टरटेनमेन्ट अवार्ड २०२२ मन्जुलाई उक्त अवार्ड वरिष्ठ अभिनेत्री गौरी मल्ल, लोकप्रिय गायिका अन्जु पन्तको हातबाट प्रदान गरियो ।

पुरानालाई सम्मान, नयालाई प्रोत्साहन भन्ने नाराका साथ नेपाली फेसन एंव मनोरञ्जन क्षेत्रको अवार्ड सम्मान कार्यक्रममा अन्य सेलिब्रेटीलाई पनि अवार्ड प्रदान गरिएको थियो ।  हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजनामा सम्पन्न कार्यक्रममा केहि सेलिब्रेटीको प्रस्तुतीसंगै ¥याम्प वकमा सुन्दरीहरुलाई हिडेका थिए ।

सन् २०१८ नोभेम्बरबाट आधिकारिक रूपमा म्युजिक भिडियोमा मोडलिङ सँगै ब्युटिसियनको काम सुरु गरेकी मञ्जुले अहिलेसम्म आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । यस्तै मञ्जु ब्युटिशियन नेपाल २०२१ को विजेता पनि हुन्। मोडलिङ पेशासँगै मञ्जुले ब्युटिशियनको पेशालाई पनि अँगालेकी छिन् । कलाकारलाई ब्यूटिसियनको ज्ञान चाहिने भएकाले आफू ब्यूटिसियन बनेको मञ्जु बताउँछिन् ।

कार्यक्रमको बारेमा बोल्दै प्रवन्ध निर्देशक हिमानी सुब्बाले नेपाली चलचित्र, साङ्गीतिक क्षेत्रसंगै फेसन एंव मोडलिङ क्षेत्रको व्याक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्य पुरा भएको बताइन् । इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले यो कार्यक्रमालाई निरन्तर गरिरहने हौसला यस कार्यक्रमबाट पाएको बताए । आयोजक संस्था हिमालयन मुभिज नेपाली फेसन क्षेत्रमा चर्चित नाम हो । जसले धेरै फेसन शो, सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको छ ।

Biography of Manju Thapa