फिल्म प्रसारका लागी कमेडी क्लब

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

पछिल्लो समय चलचित्रको प्रचार गर्ने सजिलो माध्यम बनिरहेको छ टेलिभिजन हो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ । दर्शकको मन जित्दै आएको उक्त कमेडी शोमा पछिल्लो समय चलचित्र प्रमोशन गर्ने काम भइरहेको छ । एकपछि अर्को चलचित्रको टिम उक्त शोमा पुगेर आफ्नो चलचित्रबारे जानकारी दिइरहेको देखिन्छ ।

सोमबार काठमाडौंको स्टार मलमा रहेको ‘कमेडी क्लब विथ च्याम्पियन्स’को स्टूडियोमा कलाकारहरुको जमघट देखियो । असोजमा रिलिज हुन लागेका २ नेपाली फिल्मका कलाकारहरु आफ्नो फिल्मको प्रमोशनका लागि लोकप्रिय शोमा पुगेका थिए ।

केही दिन अगाडि मात्र २६ औं भाग सफलतापूर्वक सम्पन्न गर्दै केक काटेको यो शोको टिम नेपाली फिल्मका कलाकारहरु र आम दर्शकले देखाएको मायाले उत्साहित छ । नेपाल टेलिभिजनबाट प्रशारण हुने यो शोको युट्युबमा पनि हरेक भाग १० लाख भन्दा बढी पटक हेरिन थालेपछि फिल्मीकर्मीका लागि फिल्म प्रमोशनको हब बन्न थालेको हो । सोमबार असोज १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बाबरी’का मुख्य कलाकारहरु अदिती वुढाथोकी, धिरज मगर र धिरज नाडकर फिल्म प्रमोशनका लागि कमेडी शोमा पुगे ।

नायक धिरज मगरले लोकप्रिय शो भएकाले पनि फिल्म प्रमोशनको राम्रो प्लेटफर्म भएको बताए । यस्तै, सोमबार नै असोजको २८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘हिजो आजका कुरा’का कलाकारहरु सन्तोष  पन्त, ऋचा शर्मा र रीमा विश्वकर्मा फिल्म प्रमोशनका लागि उक्त शोमा पुगेका थिए ।

शोका संचालक विशाल भण्डारीले मिडिया कुराकानीमा भने–‘नेपाली फिल्म क्षेत्रले हामीलाई खुबै माया दिएको छ । विशेषगरि, निर्माताहरुले फिल्म प्रमोशनका लागि एक महिना अगाडिबाट नै समय लिन थाल्नुभएको छ । दर्शकले दिनुभएको माया र फिल्म क्षेत्रले दिएको विश्वासले उत्साहित छौं ।’

यो शो असारको अन्तिमसम्म चल्नेछ । एकातिर, फिल्म रिलिजको क्यालेन्डर बाक्लो हुनु र अर्कोतिर प्रमोशनका लागि मेकरले नयाँ नयाँ प्लेटफर्म खोज्नुले पनि ‘कमेडी क्लब विथ च्याम्पियन्स’ फिल्मकर्मीका लागि हब बन्न थालेको हो ।

यतिमात्रै होइन अन्य टेलिभिजन शोहरुमा पनि चलचित्रको प्रमोशन हुने काम भइरहेको देखिन्छ । प्राइम टेलिभिजनमा प्रसारण हुने नेपाली रोष्ट शो आम्मा कसम याँ दुख्छमा पनि पछिल्लो समय चलचित्रकै प्रमोशन भइरहेको देखिन्छ । पछिल्लो समय बुद्धि तामांग, आँचल शर्मा पनि चलचित्रको प्रचार गर्न पुगेका थिए भने आगामी भागका लागी सलोन बस्नेत पनि आफ्नो आगामी चलचित्र मीलनको प्रमोशनका लागी जाँदैछन् ।

अन्य गायन रियालिटी शोहरुमा पनि चलचित्रको टिम बेलाबखतमा प्रचारका लागी पुगेको देखिन्छ ।