शान्ति सिरिस मगरले पुष्प खड्कासँग भन्दैछिन् ‘फुल जस्तै मेरो जोवन’

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रमा शान्ति सिरिस मगरले पहिलो पाइला चालेकी छिन् । गायन र अभिनयबाट शान्तिले यो क्षेत्रमा पाइला चालेकी हुन् । आज (सोमबार) शान्तिको स्वरमा नयाँ गीत 'फुल जस्तै मेरो जोवन' सार्वजनिक गरिएको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा शान्तिको एकल आवाज छ ।

गीतमा बसन्त सापकोटाको संगीत तथा शब्द रहेको छ भने दीपक लिम्बुले सर्पोटमा आवाज दिएका छन् । गीत महाराज थापाले एरेन्ज गरेका हुन् । साथै शान्तिको स्वरको पछाडी निर्मला घिसिंग, स्मृति शाही, सुनितामी परियार, पुष्पा बोहोराको स्वर रहेको छ । गीतको श्याम स्वेत रसाइलीले मिक्सिंग गरेका हुन् ।

भिडियोमा पनि शान्तिकै अभिनय

गीतको भिडियो स्वर सँगै शान्तिले अभिनय पनि गरेकी छिन् । लोकप्रिय नायक पुष्प खड्कासँग शान्तिले नृत्य गरेकी छिन् । शान्तिले आफ्नो पहिलो गीत सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताइन् । उनले कार्यक्रममा आफ्नो मौलिक गीतलाई दर्शक तथा स्रोताले मन पराउनेमा विश्वास ब्यक्त गरिन् । साथै उनले आगामी दिनमा गीतसंगीतको यात्रालाई निरन्तरता दिने समेत जानकारी दिइन् ।

गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् भने सुदिप बरालले छायांकन गरेका हुन् । भिडियोमा सन्देश शाहको सम्पादन रहेको छ ।