महापुरुष टिम ‘मोफसल भ्रमण’ सकेर फर्कियो

आर्टिष्ट खबर/ असोज, काठमाडौँ ।

कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरूष’ ले मोफसलभ्रमण सकेको छ । गत असोज २५ मा पुर्वको विर्तामोडबाट सुरुभएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो । मोफसलमा रहेकादर्शकहरूसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै स्थानीय सञ्चारकर्मीहरूलाई फिल्मको बारेमा जानकारी दिन कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, गायिकाएन्जिला रेग्मी लगायतले टुर गरेका थिएँ ।

कोरोनाको महामारी पश्चात दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा खुशीलागेको प्रतिक्रिया अभिनेता आचार्यले दिए । ‘मोफसलका दर्शकहरूबाट भ्रमणमा पाएको मायालाई शब्दमा व्यक्त गर्न सकिदैन । बढी भन्दा बढी दर्शक भेटेर सद्भाव साटेका छौँ । हाम्रो फिल्म पारिवारिक कथामा आधारित भएकाले स–परिवारलाई निम्तो गरेका छौँ’, अभिनेता आचार्यले भने । कार्यकारी निर्मातासँगै कलाकार समेत रहेका रबिन्द्र सिंह बानियाँले दर्शक फिल्म प्रति उत्साहित रहेको बताए ।

‘हामीले निर्माण गरेको अघिल्लो फिल्मले दर्शकसँग सम्बन्ध जोड्न मदत गरेको छ । महापुरूषलाई लिएर दर्शक उत्साहित हुनुहुन्छ । टुरले उहाँहरुको मनसाय बुझ्ने मौका पनि दियो’, अभिनेता बानियाँले भने। दर्शकसम्म फिल्मको जानकारी पुर्याउन नै ‘मोफसल भ्रमण’ गरिएको उनले बताए । यसै फिल्ममार्फत डेब्यु गर्ने अरुण क्षेत्री र अन्जनाबराईली पनि उत्साहित छन् ।

‘पहिलो अनुभवमा धेरै यादहरू संगालेको छु । ब्राण्ड भ्यालूको कारण हलसम्म आउने दर्शकलाई रिझाउने प्रयाश मेरो छ । उहाँहरूलाई यादहुने अभिनय गर्ने प्रयास गरेको छु’, नव अभिनेता क्षत्रीले भने । उनले यसअगाडी नै ‘आइ एम ट्वान्टी वान’ मा अभिनय गरिसकेका छन् । यद्दपि प्रदर्शनको हिसाबले उनको यो डेब्यु फिल्म हो । अरुण झैँ अन्जनापनि फिल्मलाई लिएर उत्साहित छिन् । मोफसलमा दर्शकसँग साक्षात्कार गरेर काठमाडौं फर्किएकी अन्जनाले अभिनेता मदनकृष्ण श्रेष्ठको छोरीको भूमिका निर्वाह गरेकी छिन् ।

‘यो फिल्मले मेरो लागि स्कुलको काम गरेको छ । यसको सिकाईले आउँदो समयमा मलाई मदत गर्नेमा विश्वत छु,’ उनले भनिन् । फिल्ममादुई पुस्ताको प्रेम देखाइएको छ । सन्तानले अभिभावक र अभिभावकले सन्तानसँग चाहने भावनात्मक सम्बन्धलाई लिएर फिल्म तयार गरिएको छ । यसमा निर्देशक प्रदीप भट्टराईकै लेखन रहेको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्मनिर्माण गरेको छ । कलाकार समेत रहेका रबिन्द्र कथावस्तुले दर्शकलाई छुनेमाविश्वस्त छन् । ‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ । आफ्नै मौलिककथा र नाम महापुरूष राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरु भन्दायसपटक झनै माझिएका छौँ’, उनले भने ।

फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममाडेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य ÷ शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा किशोर आचार्य , रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।