चलचित्र ‘कप्टी’ को गीत सार्वजनिक

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।

नयाँ चलचित्र  ‘कप्टी’ मा समावेश लोक लयमा आधारित ‘झ्याँई पारौं सोल्टिनी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेलिना राई र रामकुमार नेपालीको स्वर रहेको छ । गीतको शब्द तथा संगीत आश्रम गुरुङको हो । उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, स्मृति बलामी लगायतको अभिनय रहेको भिडियोलाई चक्र पुलामी मगरले कारियोग्रफी गरेका हुन् । भुपेन्द्र गुरुङ निर्देशित यो चलचित्र भ्याली फिल्म एकेडेमीको प्रस्तुतीमा निर्माण भएको हो ।

आगामी फागुन ५ गते २०७९ महाशिवरात्रिको अवसर पारेर फिल्म ‘कप्टी’ रिलिज हुने छ । चलचित्रको पहिलो स्पेसल शो बेलायतमा भई सकेको छ । भुपेन्द्र गुरुङको लेखन तथा निर्देशनमा रहने चलचित्र’कप्टी’ मा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।

मदन घिमिरेको छायांकन रहेको चलचित्रमा नारायण रायमझी, मेलिना राई, धर्मेन्द्र सेवान, टिका पुन र तारा सिरिस मगरको गायन छ ।

मोहन कुमार खत्री, प्रेम बहादुर गुरुङ, मिनु लामा र मनिता गुरुङ मिलेर कप्टी निर्माण गरेका हुन् । भने सह निर्मातामा नातीकाजी गुरुङ छन् । चलचित्र मौलिक नेपाली कथा बस्तुमा आधारित रहेको छ । सोलुखुम्बुको जुबु र आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्म ‘कप्टी’ आफ्नै पिताका हत्यारासँगको बदला र जीवन संघर्ष बोल्ने छ ।