चलचित्र ‘तिम्रो मेरो साथ’को पोस्टर सार्वजनिक

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।

नयाँ चलचित्र ‘तिम्रो मेरो साथ’को पोस्टर सार्वजनिक गरिएको छ । यो निर्माता रमेश एमके पौडेलको निर्देशकीय डेव्यु चलचित्र हो । निर्देशक पौडेल रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्तीलगायतका सिनेमा निर्माण गरेका थिए ।

आइतबार तिहारको अवसर पारेर सार्वजनिक गरिएको चलचित्रको पोस्टरमा अभिनेत्री साम्राज्ञी र पुष्पलाई रोमान्टिक अवतारमा छन् । पोस्टरमा स्विमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले बोकिरहेको देख्न सकिन्छ ।

चलचित्र आगामी पुस २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । चलचित्रमा पुष्प र साम्राज्ञीका अलवा सन्दिप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् ।

रातो टीका निधारमापछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको हलमा रिलिज हुने पहिलो चलचित्र हो । ‘तिम्रो मेरो साथ’मा पौडेल स्वंयमको कथा, गीत र निर्माण रहेको छ ।

आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा पासांग लामा र सह–निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन । तिम्रो मेरो साथमा कार्यकारी निर्माता सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । शिव ढकालको छायांकन रहेको चलचित्रमा योगेश काजीको संगीत सुन्न सकिन्छ ।