रेखाको स्वरमा मन छुने ‘शिरफुल’

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।

गायिका रेखा जोशीको स्वरमा ‘शिरफुल–सुनका बाला २’ गीत सार्वजनिक गरिएको छ । गीतमा मिस्टर आरजेको शब्द तथा संगीत छ । रेखाको स्वरमा यो गीतको अडियो कर्णप्रिय छ ।

भिडियोमा कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराइको जीवन्त अभिनय छ । भिडियोमा लक्ष्मी र जीवनले गीतको अडियोको भावमा अभिनय गरेका छन् ।

भिडियोमा लक्ष्मी र जीवनको साथमा अश्विनी बर्देवाको अभिनय छ । बुद्ध लामाको छायांकनमा तयार भएको भिडियोमा विष्णु खड्काको सम्पादन छ । काठमाडौंमा काम गर्न गएका आफ्ना श्रीमान्लाई संझिएर सुदुरपश्चिमकी एक महिलाले पोखेको भावमा यो गीत तयार पारिएको छ ।