गायक कविन्द्रको जन्मदिन स्नेहा आश्रमका बालबालिकाहरुसँग

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौं ।

गायक कविन्द्र श्रेष्ठले आफ्नो जन्मदिन अनाथबालबालिकाहरुसँग मनाएका छन् । कागेश्वरी मनहरामा रहेको स्नेहा आश्रममा पुगेर खाद्यान्नसँगै नगद रकम सहयोग गर्दै आश्रममा रहेका १६ बालबालिकाहरुसँग केक काटेका थिए ।

गायक कविन्द्रले चामल, तेल लगायतका खाद्यान्नको साथमा नगद २५ हजार रुपैंया सहयोग गरेका थिए । गतबर्ष पनि स्नेहा आश्रममा जन्मदिन मनाउन पुगेका कविन्द्र आगामी दिनमा पनि बिभिन्न समयमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

स्काई ब्याण्डका गायक कविन्द्रको जन्मदिन सेलिब्रेशनलाई  साथ दिनका लागी कविन्द्र समेत आबद्ध रहेको ‘किवानिज क्लव अफ ब्राइटर फ्युचर लाइफ’का अन्य सदस्यहरुपनि पुगेका थिए । उक्त क्लबले नेपालमा सन् २०१५ देखी बालबालिकाकै क्षेत्रमा बिभिन्न कार्य गर्दै आएको भन्दै गायक कविन्द्रको जन्मदिनको अवसर पारेर बालबालिकालाई कपि र कलम हस्तान्तरण गरेको थियो ।

स्नेहा आश्रमका सञ्चालक आफैमा कलाकार समेत रहेका सुलेमान शंकर (ईकु)ले गायक कविन्द्रसँगै उपस्थित क्लबका सदस्यहरुलाई धन्यवाद ब्यक्त गरे । उनले प्राय कलाकारहरुले जन्मदिनमा बिभिन्न क्लब, रेष्टुरेन्टमा गएर पैसा खर्च गर्ने गरेको तर गायक कविन्द्रको पबित्र मन भएको भन्दै सम्मान ब्यक्त गरे । ईकुले आगामी दिन स्नेहा आश्रमलाई केहि फराकिलो बनाउने योजना राखेको जानकारी गराएका थिए । उनका अनुसार अहिले आश्रममा १६ अनाथबालबालिका आश्रीत छन् । नयाँ ठाउँमा जग्गा भाडामै लिएर फराकिलो ठाउमा सर्ने योजनामा रहेको बताए ।\

साथै गायक कविन्द्रले आफ्नो ब्यक्तिगतसँगै बिभिन्न संघसंस्थाको तर्फबाट आश्रमका लागी सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने ‘आश्रमलाई फराकिलो ठाउँमा स्थानान्तरण गर्नका लागी आफूले गर्न सक्ने सहयोग गर्छु । म आबद्ध रहेका बिभिन्न संघसंस्थालाई पहल गर्छु । बालबालिकाहरु खेल्न मिल्ने ठाउँ भयो भने राम्रो हुन्छ ।’

गायक कविन्द्रले बालबालिकाहरुलाई गीत गाएर पनि सुनाएका थिए । उनले आफ्नो स्काई ब्याण्डकै ‘डाँडैमा मेला लागेछ’ बोलको गीत गाउँदा बालबालिका रमाएका थिए ।