पुष्प र वर्षाको ‘मनसँग मन’ माघ २० गतेबाट रिलिज हुने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।</b></pre><p style="text-align: justify; ">सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । भारतमा रिलिज भैसकेको यो चलचित्रले राम्रो प्रतिक्रिया पनि पाएको थियो । कैलाश राइको निर्देशनमा तयार भएको यो चलचित्रलाई अरुण तामाङले निर्माण गरेका हुन् । यो चलचित्रलाई माघको २० गतेबाट देशभर रिलिज गर्ने निर्माणपक्षले पक्का गरेको छ ।</p><p style="text-align: justify; ">यो चलचित्रमा नायक पुष्प खड्का, नायिका वर्षा सिवाकोटी, कलाकारहरु वुद्दि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दाको अभिनय छ । चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको पनि विशेष भूमिका छ ।</p><p style="text-align: justify; ">चलचित्रमा अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी &nbsp;लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन छ । चलचित्रलाई लभ स्टोरी जनरामा निर्माण गरिएको छ । चलचित्रको २ वटा गीत पनि निर्माणपक्षले सार्वजनिक गरिसकेको छ ।</p><p style="text-align: justify; ">यो चलचित्रलाई भारतमा रुचाइएपछि फेरि मंसिर २५ गतेबाट दिल्ली, गुजरात, आसाम लगायतका शहरमा रिलिज गर्न लागिएको निर्माणपक्षले बताएको छ ।&nbsp;</p>