‘कबड्डी ४’सिनेमाघर एपमार्फत डिजिटल रिलिज हुने

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।

नेपाली फिल्मको इतिहासमा सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड बनाएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’को अब डिजिटल प्रिमियर हुने भएको छ । भोली शुक्रवारबाट नेपालको उदयमान ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा फिल्म डिजिटल प्रिमियर हुन लागेको हो । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच एप र फिल्मको टिमले यसबारेमा जानकारी गरायो । यो फिल्म सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ ।

निर्देशक गुरुङले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित हेरेर फिल्मलाई डिजिटल रिलिज गर्न लागेको बताए । ‘नेपाली फिल्मको बजार अब डिजिटल पनि हो र यसलाई विकसित गर्नुपर्छ,’ उनले भने, ‘एउटा सर्जकले व्यवसायिक पक्ष पनि हेर्छ । र, आफ्नो सिर्जना धेरैभन्दा धेरैले हेरुन् भन्ने पनि हुन्छ । यी दुवै कुराका लागि ‘कबड्डी ४’ सिनेमाघरमा रिलिज गर्न लागेका हौं ।’

सिनेमाघरका सञ्चालकमध्ये एक खगेन्द्र लामिछानेले ‘कबड्डी ४’को प्रदर्शनसँगै एपप्रति दर्शकको आकर्षण थप बढ्ने विश्वास व्यक्त गरे । उनले अब यूट्युबभन्दा ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गरेर धेरै राम्रो आम्दानी गर्न सक्ने अवस्था आएको पनि बताए । उनले भने, ‘यूट्युबमा फिल्म रिलिज गर्ने चलन पुरानो हो । त्यसले नेपाली फिल्मलाई फाइदा पनि गर्दैन । यूट्युबमा धेरै दर्शकले त हेर्लान् त पैसा एकदमै कम आउँछ । अहिले सिनेमाघर निर्मातालाई यूट्युबभन्दा धेरै रेभिन्यू दिन सक्ने अवस्थामा पुगिसकेको छ ।’

यूट्युबमा सित्तैमा फिल्म हेरिरहेका दर्शकलाई एपमा पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि अब एप्लिकेसनमा पैसा तिरेर फिल्म हेर्ने बानीको विकास भइरहेको बताए । दशैंमा रिलिज भएको ‘जय भोले’ र ‘रातो टीका निधारमा’ले धेरै राम्रो कमाई गरेको उल्लेख गर्दै उनले दुईरतीन वर्षमा सिनेमाघर एपले निर्मातालाई लगानीको ४०र४५ प्रतिशतसम्म फिर्ता गर्न सक्ने विश्वास व्यक्त गरे ।

सिनेमाघर एपका टेक्निकल अफिसर सन्जिव ढकालले सबै प्रकारका मोबाईल, ट्याब्लोईड, एन्ड्रोइड टिभी, अमेजन फायर टिभीसहित सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको र क्रोमकास्ट प्रविधिको प्रयोग गरी विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिने जानकारी दिए । उनले सिनेमाघर एपमा उपलब्ध फिल्महरु नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट पेपल, डेविट(क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिने बताए ।

चलचित्र विकास बोर्डका सदस्य राज कटुवालले नेपालमा डिजिटल प्लेटफर्मको विकास हुनु सुखद कुरा रहेको बताउँदै यस्ता प्लेटफर्मलाई सहयोग गर्न राज्यसँगै बोर्ड पनि तयार रहेको बताए । कार्यक्रममा ‘कबड्डी ४’का कलाकारहरु बुद्धि तामाङ, विजय बराललगायतको पनि उपस्थिति रहेको थियो ।