गायक आदित्य नारायण झा शुक्रबार नेपाल आउने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा आगागि शुक्रबार नेपाल आउने भएका छन् । झाले शनिबार ठमेलस्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुती दिनेछन् । उनी शुक्रबार बिहान साढे ११ बजे काठमाडौं आउनेछन् ।</p><p style="text-align: justify; ">शनिबार बिहान पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको क्लबले जनाएको छ । शनिबार साँझमा झाले क्लबमा लाइभ कन्सर्ट दिने छन् । उनी चर्चित नेपाली तथा भारतीय गायक उदित नारायण झाका छोरा हुन् ।</p><p style="text-align: justify; ">झा भारतका सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा शोका होस्ट गरिसकेका छन् । उनले नेपाली गीत पनि गाएका छन् ।</p>