‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ भब्यताको साथ सम्पन्न

आर्टिष्ट खबर/ मंसिर, काठमाडौँ ।

उर्वरा फाउण्डेशन नेपालले विभिन्न क्षेत्रमा क्रियाशील बिशिष्ठ व्यक्तित्वहरूलाई ‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ बाट सम्मान गरेको छ। कवि तथा संस्कृतिविद्  तुलसी दिवसको सभापतित्वमा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री, पूर्व स्वास्थ्यमन्त्री तथा लोकप्रिय युवा नेता गगन थापा रहेका थिए। त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा समाजसेवी पेमा छिरिङ शेर्पा, समाजसेवी, कलाकार तथा पत्रकार सूर्य चन्द, गीतकार शीतल कादम्बिनी, निर्देशक कलाकार उमेश गुरुङ लगायतको उपस्थिति रहेको थियो।

उक्त सम्मान कार्यक्रममा उर्वरा राष्ट्रिय लोक प्रतिभा सम्मानबाट सुरेन्द्र गुरुङ ,उर्वरा राष्ट्रिय जलविद्युत ऊर्जा सम्मानबाट गणेश कार्की, उर्वरा राष्ट्रिय संगीत सम्मानबाट चर्चित गायक अशोक मुकारुङ, उर्वरा डायोस्पोरा संगीत सम्मानबाट गायक जीवन शर्मा,उर्वरा डायोस्पोरा समाजसेवी सम्मानबाट समाजसेवी हेम थापा,उर्वरा राष्ट्रिय रेडियो पत्रकारिता सम्मानबाट गीतकार,रेडियो पत्रकार तुलसी बस्नेत, उर्वरा राष्ट्रिय सम्मानबाट कवि पर्यटन व्यवसायी सुमन घिमिरे उर्वरा डायोस्पोरा साहित्य सम्मान बाट कविरसाहित्यकार नरेश काङमाङ, उर्वरा राष्ट्रिय पर्वतारोहण सम्मानबाट सगरमाथा आरोही देउराली चाम्लिङ, उर्वरा राष्ट्रिय बहु आयामिक कला सम्मानबाट कलाकार लक्ष्मण श्री, उर्वरा राष्ट्रिय युवा उद्यम सम्मानबाट हरी ठकुरी, उर्वरा राष्ट्रिय समाजसेवा रत्न सम्मानबाट रिमा सापकोटा, उर्वरा डायोस्पोरा गीतकार सम्मानबाट गीतकार भुपेन्द्र महत र उर्वरा समाजसेवी सम्मानबाट समाजसेवी शोभाकन्त पाण्डे सम्मानित भएको छन्।

त्यस्तै मौलिक नृत्यबाट एलिजिबा पुर्जा पुन, गायिका अमृता नेपाली लगायतलाइ प्रसंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रमको अध्यक्षता फाउण्डेशनकी अध्यक्ष देवकी अभिलाषीले गरेकी थिइन्। गायक रूपक डोटेल तथा मोडल रिना थापा मगरको जोडदार प्रस्तुतिले कार्यक्रमलाइ रौनक प्रदान गरेको थियो। कार्यक्रमको सञ्चालन उद्घोषक तथा गायक राजेश बर्देवाले गरेका थिए।