चौथो एपिक नेपाल म्युजीक अवार्डका उत्कृष्ट ५ मनोनयनलाई प्रमाणपत्र वितरण

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

आगामी माघ ७ गते सम्पन्न हुन गइरहेको चौथो एपिक नेपाल म्युजीक अवार्ड २०७९ को उत्कृष्ट ५ मनोनयनहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । सुर्य विनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा नं.४ ले सहकार्य गरेको यस अवार्डका ३९ बिधा रहेका छन् ।

शनिबार भक्तपुरको मध्यपुर थिमी बोडे, कुमारी मन्दिर परिसरमा कार्यक्रमको आयोजना गर्दै प्रमाणपत्र वितरण गरियो । जहाँ कार्यक्रमका प्रमुख अतिथि सुर्य बिनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा,सभापति अवार्ड समितिका अध्यक्ष कृष्णलाल साहुखल, बिशिष्ट अतिथि मध्यपुर थिमी नगरपालिकाका निवर्तमान नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी लगायतका अतिथिबाट प्रमाणपत्र वितरण गरियो ।

कार्यक्रममा प्रमुख अतिथि थापाले उत्कृष्ट ५ मा पर्न सफल कलाकार तथा प्राविधिकहरुलाई बधाई दिए । साथै उनले गीतसंगीतको क्षेत्र फराकिलो हुँदै गएको भन्दै सुर्यबिनायक नगरपालिका अवार्डमा जोडिन पाएकोमा खुसी ब्यक्त गरे । साथै मध्यपुर थिमी नगरपालिकाका निवर्तमान नगरप्रमुख श्रेष्ठले गएको संस्करणमा आफ्नो कार्यकालमा मध्यपुर थिमी नगरपालिका जोडिएको र यसबर्ष पनि मध्यपुर थिमीको वडा नं ४ जोडिएकोमा खुसी ब्यक्त गरे । स्थानिय सरकारले नेपाली कला, भाषा, साहित्यको बिषयमा हुने यस्ता किसिमका अवार्डलाई बिशेष चासो दिएर अवार्डमा जोडिएकोमा अध्यक्ष कृष्णलाल साहुखलले धन्यवाद दिए ।

कार्यक्रममा अवार्ड समितिकी महासचिव बबिता श्रेष्ठले अवार्डहरुको भिडमा एपिक नेपाल म्युजीक अवार्डलाई कलाकारहरुले जुन रुपमा विश्वास गर्दै आएका छन् उक्त विश्वास मर्न नदिने बताइन् । साथै सुर्य बिनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा नं. ४ले सहकार्य गरिदिएकोमा धन्यवाद दिइन् ।

कार्यक्रममा प्रदेश सभाकी माननिय सकुन्तला श्रेष्ठ, सुर्यबिनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई, मध्यपुर थिमी नगरपालिका वडा नं. ४ का अध्यक्ष बालकृष्ण श्रेष्ठ, वरिष्ठ कलकार सन्तोस पन्त, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, चलचत्रि निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र कलाकार संघका अध्यक्ष रक्षा सिंह राणा, चलचत्रि उत्पादक समाज नेपाल र संगीत उद्योग संघका अध्यक्ष सुर्य बहादुर मगर, रोयल्टि संकलन समाजका महासचिव बि. पाण्डेय, पत्रकार प्रकाश सुवेदी, चलचित्र निर्देशक, दिनेश डिसी, वरिष्ठ गायक प्रबेश मान शक्य, वरिष्ठ नायिका हिसिला महर्जन, वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ हास्य कलाकार सबिन शाक्य, म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष बिधान कार्की, उपाध्यक्ष देवेन्द्र पाण्डेय, चर्चित गायक रामचन्द्र काफ्ले, गायिका जुनुरिजाल लगायतका अतिथिको उपस्थिती रहेको थियो ।

कार्यक्रम निकै भब्य र सब्य तरिकाले सम्पन्न भएको कार्यक्रम संयोजक राजेन्द्र पुरीले जानकारी दिए । पत्रकार गोपिकृष्ण चापागाईंले सञ्चालन गरेको कार्यक्रममा गायिका तथा टेलिभिजनकर्मि शोभा त्रिपाठी, डान्सर रुपा पुलामी, जुम्ल्याहा बाल कलाकार जेबिस र जिबेस श्रेष्ठसँगै वरिष्ठ गायक प्रबेशमान शाक्यले प्रस्तुती दिएका थिए ।

अवार्डको यसबर्षको चौथो संस्करणमा मौलिक थाली नाँच, काठे गीत, सर्वोत्कृष्ट भाषभाषीलाई पनि समावेश गरिएको छ । सर्वोत्कृष्ट भाषभाषीमा भने उत्कृष्ट दशलाई प्रमाणपत्र वितरण गरिएको छ । राष्ट्रिय भाव गीत, लोकगीत, आधुनिक गीत, लोकपप गीत, गीतकार, लय, भिडियो निर्देशक, छायांकार, सम्पादक, मोडल लगायतका बिधाहरु रहेका छन् ।

अवार्ड समारोहमा अभिनेता राजेश हमाललाई महानायक सम्मान प्रदान गरिदैछ ।

उत्कृष्ट ५ मनोनयन हेर्नुहोस्