‘ह्यारी कि प्यारी’मा समावेश गीत ‘धरहरा’ रिलिज

आर्टिष्ट खबर/ पुस, काठमाडौँ ।

डाक्टर कपिल रिजालको डेब्यु निर्देशकिय चलचित्र ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ रिलिज गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको गीत रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन् । शिखर सन्तोषकोे संगीत, डाक्टर भोला रिजालको शब्द रचना रहेको सपन कुमार राई र मिना निरौलाको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री थापासँगै अभिनेताद्धय जितु नेपाल र विजय बराल पनि फिचर्ड छन् ।

अभिनेत्री रेखा थापाले चलचित्रको गीत रिलिज कार्यक्रममा बोल्दै लामो समयपछि गेष्ट रोलमा नै भएपनि पर्दामा फर्किन पाएकोमा खुशी व्यक्त गरिन् । पछिल्लो समय आफु अभिनयसँगै राजनितिमा पनि सक्रिय भएकाले चलचित्रमा फर्किन समय लागेको बताइन् । चाँडै आफु मुख्य अभिनेत्रीको रुपमा पर्दामा फर्किने तयारी भैरहेको उनको भनाई छ ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा जितु र विजयका अलवा साम्राज्ञी राज्यलक्ष्मी शाह, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेत्री रेखा थापाको विशेष भूमिकामा प्रस्तुत छिन् ।

डाक्टर कपिल रिजालको प्रस्तुति निर्माण भएको चलचित्रमा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले मिलेर पटकथा र संवाद लेखेका हुन् । दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

चलचित्रमा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

विजय बस्यालले पोस्टर डिजाइन गरेकको चलचित्रको पोष्ट प्रोडक्सनको सम्पुर्ण मुम्बईमा गरिएको हो । अभिनेत्री रेखा थापा फिचर्ड चलचित्रमा समावेश ‘धरहरा’ बोलको गीत बिहिबार राजधानीमा एक कार्यक्रमका बीच रिलिज गरिनेछ ।