शाहरुख खान अभिनित बलिउड फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक

...

शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर यसवर्षको प्रतीक्षित बलिउड फिल्म ‘पठान’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । विवाद र चर्चाले घेरिएको यो फिल्मलाई लिएर दर्शकमाझ ब्यापक पर्खाइ भैरहँदा निर्माण कम्पनी यशराज फिल्म्सले ट्रेलर ल्याएको हो । स्पाइ-एक्सन-थ्रीलर फिल्ममा भरपूर एक्सन दृश्य समावेश गरिएको छ ।