‘सन्दिप नभएको भए चलचित्र राम्रो बन्थ्यो’ भन्ने दर्शक प्रतिक्रियामा सन्दिप के भन्छन् ?

...

आर्टिष्ट खबर, माघ, काठमाडौँ । 
गएको पुस २९ गते चलचित्र ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आयो । चलचित्रले राम्रो ब्यापार गर्न सकेन र पुर्णरुपमा असफल ठहरियो । त्यसै चलचित्रमा अभिनय गरेका एक कलाकार हुन् सन्दिप क्षेत्री । चलचित्र भित्रको अभिनय भन्दा टेलिभिजन तथा स्टेजमा गर्ने शोका कारण चर्चामा हुन्छन् सन्दिप । दर्शकले उनले गर्ने कमेडी मन पराउँछन् ।

sandip-artists.jpg

यसैबिच उक्त ‘तिम्रो मेरो साथ’ चलचित्र प्रमोशनको समयमा सन्दिपका लागी एक दर्शकले आफ्नो प्रतिक्रिया जनाएका थिए । युट्युवमा चलचित्रको ट्रेलर हेरिसकेपछि ‘सन्दिप नभएको भए चलचित्र राम्रो हुन्थ्यो’ भन्ने प्रतिक्रिया दिएका थिए । त्यस प्रतिक्रियालाई के भन्नुहुन्छ भन्ने आर्टिष्ट खबरको प्रश्नमा सन्दिपले रमाइलो ढंगबाट उत्तर दिए । उनले हास्यशैलीमा भने, ‘म नभएको भए चलचित्र धेरै राम्रो बन्थ्यो र चलचित्र नै बन्ने थिएन ।’ उनी उक्त प्रतिक्रियामा रमाइलो ढंगबाट प्रस्तुत भएका थिए । 

उक्त चलचित्रमा सन्दिपसँगै अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको पनि मुख्य भूमिका रहेको छ । 

भिडियो हेर्नुहोस्ः