‘ह्यारी कि प्यारी’ प्रचारका लागी ‘हल्का रमाइलो’ पुगे साम्राज्ञी र जितु

...

माघ, काठमाडौँ । अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह आफू अभिनित चलचित्र ‘ह्यारी कि प्यारी’को प्रचारका लागी हास्य टेलिश्रृंखला ‘हल्का रमाइलो’मा पुगेका छन् । आगामी आइतबार प्रसारण हुने १६८ औं भागमा जितु र साम्राज्ञीलाई देख्न पाइनेछ । 

‘हल्का रमाइलो’का लेखक तथा निर्देशकद्धय मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु मास्टर)ले आउँदो इपिसोड ‘ह्यारी कि प्यारी’ प्रमोशन बिशेष बनाइएको जानकारी दिए । ‘चलचित्र राम्रो बनेको छ भन्ने लागेको छ । त्यसमाथि जितु नेपाल हाम्रो गुरु पनि हुनुहुन्छ । गुरुको चलचित्रका लागी हामीले प्रचार गर्न पाउनु खुसीकै कुरा हो ।’, मरिचमानले भने । ‘हल्का रमाइलोको आउँदा इपिसोडमा उहाँहरुको बिशेष भूमिका हेर्न पाइनेछ ।’ अर्का निर्देशक राजु पौडेलले पनि नेपाली चलचित्रलाई सबैले माया गर्नुपर्ने भन्दै आफूहरुले सक्ने सहयोग गरेको बताए । 

samragyee-rl-shah-and-marichman-shrestha.jpg

अभिनेता जितु नेपाल (मुन्द्रे)ले टेलिश्रृंखलाको छायांकनमा आउँदा आफ्ना पुराना दिनको याद आएको बताए । उनले ‘जिरे खुर्सानी’ निर्माण गर्दाको समय स्मरण गरे । साथै जितुले आफूहरुले चलचित्र राम्रो बनाएपनि दर्शकसम्म त्यो जानकारी पुगेन भने दर्शकका लागी अन्याय हुने भन्दै प्रचारका लागी कुनै कसर बाँकी नराखेको बताउँछन् । उनले पछिल्लो समय नेपालमा टेलिश्रृंखलाहरु निकै हेरिने भएकाले यो माध्यम रोजेको बताउँछन् । उनी भन्छन्, ‘टेलिश्रृंखलाहरुको भिडमा हल्का रमाइलो पनि निकै लोकप्रिय श्रृंखला हो । एकपटक कुरा राख्दा मरिचमान र राजु भाईले आउनुस् भन्नुभयो । त्यो हाम्रो लागी खुसीको कुरा हो ।’ 

jitu-nepal-and-samrayee-rl-shah.jpg

अभिनेत्री साम्राज्ञीले टेलिश्रृंखलामा अभिनयको पहिलो अनुभव लिँदै सबैदर्शकलाई चलचित्र हेर्न आग्रह गरिन् । उनले आर्टिष्ट खबरसँग कुरागर्दै भनिन्, ‘एकदिनमै एक इपिसोड सक्नुपर्ने भएकाले होला । उहाँहरुको टिमवर्क एकदम राम्रो लाग्यो । आफ्नै लेखन र निर्देशन त्यसमाथि आफैले अभिनय पनि गर्नुभएको छ । ह्यारी कि प्यारीको प्रचारका लागी पनि उत्तिकै मिहिनत गर्नुभएको छ । खुसी लाग्यो ।’

harry-ki-pyari-movie.jpg

चलचित्रका डिओपी सुदिप बराल पनि छायांकनस्थलमै पुगेका थिए । उनले पनि प्रचारप्रसारका लागी बिभिन्न माध्यम अपनाएको र सबैजसो दर्शकमा चलचित्रको जानकारी पुगेको बताउँछन् । उनी चलचित्र हेर्न दर्शक हलसम्म आउनेमा विश्वस्त देखिन्छन् । हल्का रमाइलोको आगामी इपिसोडमा कलाकार उत्तम केसीलाई पनि देख्न सकिनेछ । उत्तमको बिशेष भुमिका रहेको छ ।

jitu-nepal-and-samrayee-rl-shah2.jpg

‘हल्का रमाइलो’ हरेक आइतबार साँझ हिमालय टेलिभिजन र ‘बल्छि धुर्बे’ युट्युव च्यानलबाट प्रसारण हुने गर्छ । डा. कपिल रिजाल निर्देशीत चलचित्र ह्यारी कि प्यारी यहि माघ २० गतेबाट प्रदर्शन हुने तयारीमा छ ।

samragyee-rl-shah-and-marichman-shrestha photo.jpg

samragyee-rl-shah-and-marichman-shrestha-halka-ramailo-shoot.jpg

samragyee-rl-shah-and-marichman-shrestha-halka-ramailo.jpg

samragyee-rl-shah-and-marichman-shrestha-halka-ramailo-shoot11.jpg

samragyee-rl-shah-and-marichman-shrestha-photo2.jpg

samragyee-rl-shah-and-marichman-shrestha-photo1.jpg

halka-ramailo-shooting.jpg

तस्बिरः संगीत वली/ आर्टिष्ट खबर