हिमालय रोडिजको होस्टमा सुरज सिंह ठकुरी

...

माघ, काठमाडौँ । लोकप्रिय टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को पाँचौं सिजनलाई सुरज सिंह ठकुरीले होस्ट गर्ने भएका छन् । आज औपचारिक रुपमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले होस्ट सार्वजनिक सँगै डिजिटल अडिसन खुला गरिएको जानकारी गरायो । 

रोडिजका निर्देशक सिमोस सुनुवारका अनुसार इच्छुकले आजकै मितिदेखि आवेदन दिनसक्ने छन् । देशविदेशका नेपालीले रोडिजमा आफ्नो क्षमता प्रमाणित गर्ने चिनारी भिडियोसहित आवेदन दिन सक्नेछन् । प्राप्त आवेदनमध्येबाट १०० जनाले फिजिकल अडिसनमा भाग लिन पाउनेछन् । जसमध्येबाट विभिन्न चरण पार गर्दै १६ जनाले मात्र फाइनलमा प्रवेश पाउनेछन् । यीमध्येबाट एक जना विजेताको घोषित हुनेछन् ।

IMG_9402.JPG

साथै कार्यक्रममा जजहरु भने सार्वजनिक गरिएन । अर्को पत्रकार सम्मेलन गरि केहि समयपछि जज सार्वजनिक गरिने निर्देशक सुनुवारले जानकारी दिए । आजको कार्यक्रममा होस्ट सुरज सिंह ठकुरीसँग सम्झौता पेपरमा हस्ताक्षर पनि गरियो ।

IMG_9424.JPG

नयाँवर्ष २०८० सालदेखि शो प्रसारणको तयारी रहेको हिमालय टीभीका महाप्रबन्धक गोविन्द ढकालले जानकारी दिए । टीभीसँग अन्य अन्तर्राष्ट्रिय रियालिटी शोहरु पनि पाइपलाइनमा रहेको उनले बताएका छन् । कान्तिपुर टेलिभिजन छाडेको केहि समयमै हिमालय टेलिभिजनमा आबद्ध भएको ठकुरीले जानकारी दिए । साथै टेलिभिजनमा अन्य शोको पनि तयारी भइरहेको उनले बताए ।