‘ह्यारी कि प्यारी’ हेरेपछि दिपक भन्छन्, छक्का पन्जाको फ्लेवर आउनु स्वभाविक हो

...

माघ, काठमाडौं । कलाकार जितु नेपाल र दीपाश्री निरौला बिच बोलचाल छैन भन्ने हल्ला चलचित्रनगरीमा चलिरहेको छ । तर यी दुईले यो कुरा स्विकार्दैनन् । मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री लाई जितुले निकालेपछि दीपाश्री र दिपकराज गिरीले पनि जितुलाई छक्का पन्जाबाट आउट गराए भन्ने चर्चा निकै चल्छ । 

यतिकैमा जितु नेपालले अभिनय गरेको ‘ह्यारी कि प्यारी’ चलचित्र हेर्न दीपक र दीपाको टिम आउँछकिनाई भन्ने प्रश्न थियो । मंगलबार काठमाडौंको बिग मुभिजमा गरिएको चलचित्रको प्रिमियरमा दीपक र दीपाको टिमले प्रतिक्रिया दिए । केहिदिन अघि आर्टिष्ट खबरसँगको कुराकानीको क्रममा जितुले छक्का पन्जाको फ्लेवर पनि ‘ह्यारीकी प्यारी’मा पाउन सकिने र दर्शक निराश हुन नपर्ने बताएका छन् ।

hyariki-pyari-movie.jpg

यसैबिच चलचित्र हेरिसकेपछि दीपकलाई आर्टिष्ट खबरले प्रश्न गर्यो, ‘जितु नेपालले आफ्नो चलचित्रमा छक्का पन्जाको फ्लेबर पाउनुहुनेछ भनेका थिए । के तपाईले चलचित्र हेरिसकेपछि आफ्नो चलचित्र छक्का पन्जाको फ्लेबर पाउनुभयो ?’ यस प्रश्नमा दीपक भन्छन्, यो अलि गाह्रै प्रश्न हो । हामीलाई जहाँ लगेर राख्नुहुन्छ त्यहा हाम्रो फ्लेवर आउनु स्वभाविक हो ।’ त्यतिकैमा जेहोस् छक्का पन्जाको फ्लेवर आउँछ कि भन्ने दोहोरो प्रश्नमा उनले ‘अँ ठिकै छ’ भन्ने जवाफ दिन्छन् । 

साथै चलचित्रबारे उनीहरुले खुलेरै प्रसंशा गरे । जितुले राम्रो काम गरेको भन्दै दीपकराज, दिपाश्री र अर्का कलाकार केदार घिमिरले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए । चलचित्र आगामी शुक्रबार (माघ २०) बाट रिलिज हुँदैछ । डा. कपिल रिजाले निर्देशन गरेको चलचित्रमा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेका छन् ।