नेपाली कला–संस्कृति प्रवर्द्धनको लागि जर्मनीमा कार्यक्रम गरिने

...

माघ, काठमाडौँ । नेपाली कला–संस्कृतिको उत्थान र प्रवर्द्धनका लागि जर्मनीको बर्लिनमा बिशेष कार्यक्रम हुने भएको छ । विश्वव्यापी रुपमा कार्यरत दुई संस्था नेशनल डेल्फिक काउन्सिल नेपाल र अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास)को सहकार्यमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको बिषयमा डेल्फिक नेपालका अध्यक्षले लण्डनमा यूरोपमा रहेका नेपाली कलाकर्मीहरुसँग छलफल गरेका छन् ।

छलफलमा डेल्फिक नेपालका सचिव सुर्य बहादुर राष्कोटी, इनास ग्लोबलका उपाध्यक्ष मनिष श्रेष्ठ, इनास युकेका अध्यक्ष बिनोद चिपालु, लेखकरनिर्देशक सनम कुमार बैराग, बिकास देवकोटा, कानुन व्यावसायी टम अधिकारी, सिम्मी पुन लगायतको सहभागिता रहेको थियो । नेदरल्याण्ड रहेका इनास ग्लोबलका अध्यक्ष पुष्प बरुवाल र नेपालमा रहेका डेल्फिक नेपालका उपाध्यक्ष जीवन पराजुलीले छलफलमा भर्चुअल सहभागिता जनाए ।
‘नेपाल बाहिर रहेर पनि नेपाली कला-संस्कृति को उत्थान र प्रवर्द्धनका लागि अहोरात्र खटेर योगदान पुर्‍याउने बिशिस्ट श्रस्टा, कलाकर्मी, साहित्यकार लगायतको पहिचान गरी उनिहरुलाई उचित सम्मान दिनु हाम्रो कार्यक्रमको उद्देश्य रहनेछ’, मे २०२३ मा हुने कार्यक्रमबारे डेल्फिक नेपालका अध्यक्ष बिएलले भने, यो कार्यक्रमबाहेक उत्कृष्ट नेपाली चलचित्रहरुको छनोट गरी विश्वका विभिन्न राष्ट्रहरुमा नियमित रुपमा प्रचारप्रसार र प्रदर्शन गर्न एउटा छुट्टै कार्यसमिती बनाउने र नेपाली चलचित्रको बैकल्पिक बजार खोज्ने, नेपाली चलचित्रको प्रवर्द्धनका लागि विभिन्न महोत्सव आयोजना गर्नेबारे पनि हामीले छलफल गरेका छौँ ।’

इनास ग्लोबलका उपाध्यक्ष मनिष श्रेष्ठले लण्डनको प्लमस्टिडमा संचालन गर्दै आएको गोर्खा क्लबमा डेल्फिक नेपालका पदाधिकारीको स्वागतमा रात्रीभोजको आयोजना गरिएको थियो ।