भ्वाईस अफ नेपाल सिजन ४ बिजेता करण राईको पहिलो गीत ‘चङ्गा’ सार्वजनिक

...

माघ, काठमाडौँ । माघ, काठमाडौँ । गायन रियालिटी शो ‘द भ्वाईस अफ नेपाल सिजन ४’ का बिजेता करण राईले आफ्नो पहिलो अफिसियल गीत सार्वजनिक गरेका छन् । ‘चङ्गा’ बोलको गीतको भिडियो करणले आफ्नो युट्युवमार्फत सार्वजनिक गरेका हुन् ।

म्युजिक भिडियोमा सुपरस्टार अभिनेता दयाहाङ राईको अभिनय देख्न सकिन्छ । करण भ्वाईस अफ नेपाल सिजन ४ मा जान अगाडी सार्वजनिक गरिएको ‘द काईट्स’ एल्बममा समावेश गीत ‘चङ्गा’ गीतको शब्द निर्देशक, कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द रहेको छ । देबेश राईको संगीत रहेको यस गीतमा मिक्सिङ, मास्टरिङपनि देबेशकै रहेको छ । 

गीतको शब्दको भाव अनुसार बनेको म्युजिक भिडियोलाई अनिल सुब्बाले निर्देशन गरेका छन् । भिडियोमा अभिनेता दयाहाङसंगै अशिम सुब्बा, संगीता थापा लगायत कलाकारहरुको अभिनय रहेको छ । म्युजिक भिडियोमा दयाहाङसंग करणपनि देखिएका छन् । दयाहाङसंगको यो सहकार्य दर्शकहरुका लागी उपहार स्वरुप ल्याएको करणले बताए ।