दयाहाङ राईले ‘ह्यारी कि प्यारी’ हेरिसकेपछि के भने ?

...

माघ, काठमाडौँ ।  गएको शुक्रबारबाट प्रदर्शनमा आएको ‘ह्यारी कि प्यारी’ले शनिबार सुखद ब्यापार गरेको छ । शुक्रबार सोचेजस्तो ओपनिङ नगरेपनि शनिबार हलमा दर्शकको संख्या उल्लेख्य थियो । यो सँगै शनिबार पनि केहि सेलिब्रेटीले चलचित्र हेरेका छन् । 

काठमाडौंको दरबारमार्गस्थित दरबारसिनेम्याक्समा अभिनेता दयाहाङराईले चलचित्र हेरेका छन् । उनले चलचित्र हेरिसकेपछि सकारात्मक प्रतिक्रिया दिए । उनले चलचित्र गज्जब भन्दै कलाकार देखी प्राविधिक सबैको कामको तारिफ गरे ।

dayahang rai (2).jpg

‘मैले चलचित्र हेरेँ, निकै राम्रो लाग्यो । एउटा कलाकार भइसकेपछि कलाकारकै कामलाई बढी ध्यान दिइदो रहेछ । बिजय बराल म सँगपनि धेरै काम गरेको मान्छे, उसले जहिले राम्रो काम गर्छ । जितुदाईले झनै राम्रो गर्नुभएको हो । यो पटक साम्राज्ञीको काम नियालेर हेरेँ ।’ अभिनेता राईले भने । ‘निर्देशक डा. कपिल रिजालसँग पुरानो सम्बन्ध पनि छ । जसरी कथा भन्नुहुन्थ्यो, यसरी बनाउछु भन्नुहुन्थ्यो । त्यस्तै गरी राम्रो बनाउनुभएको छ ।’

अभिनेता राईले दर्शकलाई एकपटक हलसम्म आएर हेर्न आग्रह गरे । साथै उनले दर्शकले चलचित्रबाट गज्जब सरप्राइज पाउने बताए । आज दयाहाङसँगै गायक प्रमोद खरेल, दुर्गेश थापा, निर्देशक मिलन चाम्स, निर्देशक तथा कलाकार दिनेश डिसी, द्धन्द्ध निर्देश हिमाल केसी लगायतले चलचित्र हेरेका थिए ।