शिब हमालको ‘खोलीको दोभान’मा बिक्रम र सुनिताको स्वर

...

माघ, काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रका लोकप्रिय सर्जक शिब हमालले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘खोलीको दोभान’ बोलको लोकगीत शनिबार सार्वजनिक गरिएको हो । आफ्नै य्ट्युवमार्फत सार्वजनिक गरिएको गीतलाई सकारात्मक प्रतिक्रिया मिल्दै छ । 

शिब हमालको शब्द तथा संगीत रहेको गीतमा विक्रम परियार र सुनिता अधिकारीको स्वर रहेको छ । गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । दुई मायालुको जोडीलाई वियोगान्त माया प्रेमको कथा समेटिएको छ । भिडियोमा मौसम हिमालीको निर्देशन रहेको भिडियोको छायाँकन पवन सुस्लिङ गरेका हुन् । नवीन घर्ती मगरको सम्पादन रहेको गीतमा दीपसागर, राजकुमार अधिकारी र आयुस्मा कार्कीले अभिनय देख्न सकिन्छ ।

सर्जक शिब हमालले यसगीतमा पनि दर्शक तथा स्रोताको माया पाउने आशा राखेका छन् । यसअघिका आफ्ना गीतहरुलाई दर्शक तथा स्रोताले निकै माया गरेको र यसपटक पनि मायाको अपेक्षा राखेको बताए ।