चलचित्र  ‘ए साथी सुन’ चैत १० गते प्रदर्शन हुने

...

माघ, काठमाडौँ । चलचित्र  ‘ए साथी सुन’को पोष्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।  वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको यो चलचित्रका सार्वजनिक दुई पोस्टरमा कलाकारहरु शिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँलाई फिचर्ड गरिएको छ ।

यो चलचित्र चैत १० गते प्रदर्शन हुने भएको छ । लभस्टोरी, थ्रीलर र कमेडी जानराको फिल्ममा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा छन् ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्रलाई बीना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् । सह–निर्मातामा सुदीप पौडेल छन् । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।