निकेश खड्काले ल्याए ‘आमा’ गीत

...

चैत, काठमाडौँ । निर्देशक निकेश खड्काको निर्देशनमा ‘आमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सविसंगम राईको संगीतमा गायक नरेन्द्र राईले आफ्नी दिवंगत आमा बिन्द्र माया राईको सम्झनामा गाएको गीतका शब्दलाई जानुका राईले रचेकी हुन् । 

भिडियोमा गायक नरेन्द्रले छोराको भूमिकामा आफैले अभिनय गरेका छन् भने उनकी आमाको भूमिकामा शसक्त अभिनयकी धनी कलाकार सूर्यमाला खनालले अभिनय गरेकी छिन् । सूर्यमाला खनाल लोकप्रिय अभिनेता सरोज खनालकी अर्धाङिनी समेत हुन जो नेपाली सिनेमा, नाटक र म्यूजिक भिडियोहरुमा बेला बेलामा देखिईरहन्छिन । 

‘उहाँ जस्तो कलाकारलाई हामी मेकरले चिन्दैनौ आज कति मान्छे निकै ब्यस्त रहदा उहाँ जस्तो कलाकार खाली बस्न परेको छ । त्यसैले उहाँको सम्मान स्वरुप पनि मैले यस पटक उहाँसँग काम गर्ने मौका पाए जुन निकै राम्रो अनुभूति भयो’, निर्देशक खड्काले भनेका छन् ।
 
मातृत्व बर्णन गरिएको शब्दलाई गायक नरेन्द्र जीको आमा प्रतिको माया र सम्झना समेट्दै आफूले रचना गरेको र गायक नरेन्द्र राईले त्यसलाई पूर्ण साकार परिदिएको भन्दै रचनाकार राईले यो गीत हरेक सन्तानका लागि आमा सम्झिने एक गीत भएको बताएकी छिन् । २०२३ फ्रेब्रुअरी १९ तारिखका दिन आमा गुमाएका गायक राईले यो गीत बनेपछि बल्ल मनमा शान्ति भएको र आमा सधै आफूसँगै रहेको अनुभूति भएको बताएका छन् ।