नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी

...

चैत, काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । उनले २३५ मत ल्याएर २६ मतले बिजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीले २०९ मत ल्याएर पराजित हुनुपर्यो । शनिबार संघीय राजधानीमा भएको निर्वाचनमा कूल ४ सय ६८ मत खसेको थियो ।

त्यस्तै, महासचिवमा सविन श्रेष्ठ र उपाध्यक्षमा कविता गेलाल विजयी भए भने अर्को उपाध्यक्षमा शिवहरि बैरागी विजयी भएका छन् । यसैगरी, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवालले विजयी हासिल गर्दा सहकोषाध्यक्ष पदमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् । पदाधिकारीमा निर्वाचित हुनेमा रेजिना प्यानलका बैरागीबाहेक अरु सबै निरौला प्यानलका हुन् ।

sabin-shrestha.jpg

सदस्यमा शितल केसी सर्वाधिक ३०२ मतसहित विजयी भएका छन् । अघिल्लो निर्वाचनमा पनि उनी सदस्यमा विजयी भएका थिए । सदस्यहरुमा गोपाल ढकाल ‘छन्दे’ (२८७), उद्दव प्रसाद भट्टराई (२११), पवन केसी (२०२), नम्रता खरेल (१८७), पुकार भट्टराई (१८२), खुश्बु खड्का (१७७), सरिता राधोपाध्याय (१४६), रोशन श्रेष्ठ (१३५) र समीर लामा (१३३) पनि विजयी भएका छन् ।