चलचित्र ‘गणपति’ को पोस्टर सार्वजनिक

...

चैत, काठमाडौँ । नेपाली चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक गरिएको छ । जेठ ५ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएको छ । सार्वजनिक पोस्टरमा प्रमुख कलाकार मुकुन भुषाल र मेनुका प्रधान लाई देख्न सकिन्छ । यस चलचित्रलाई सविन अधिकारीले निर्देशन गरेका छन् । 
निर्देशक अधिकारीले चलचित्रले नेपाली समाजलाई व्याख्या गर्ने बताएका छन् । चलचित्रको कथा पनि अधिकारी स्वयंले तयार पारेका छन् । भगवान भौतिक रूपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने चलचित्रमा मुकुन, मेनुका, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, सुशील पोखरेल, देवेन्द्र बब्लु लगायत अन्य कलाकारहरूको अभिनय छ ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा कुनै पनि धर्मको विषयमा नबोलिएको निर्देशक अधिकारीले बताए । यो चलचित्रको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुरमा गरिएको हो ।