‘जारी’को पहिलो गीत रिलिज

...

चैत, काठमाडौँ । आगामी बैशाख १ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘जारी’को पहिलो गीत सार्वजनिक गरिएको छ । कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित यो चलचित्रको शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको थियो । यस्तै शनिबार नै चलचित्रको निर्माण टिमले पहिलो गीत सार्वज्निक गरेको हो । 

ुचरी बस्योु बोलको लिरिकल गीतमा काली प्रसाद बास्कोटाको शब्द रचना, संगीत तथा स्वर रहेको छ । जारीको सार्वजनिक गीतककोे लिरिकल भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको नोक झोकलाई प्रस्तुत गरिएको छ । आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको गीतले दर्शकको मन जित्ने देखिन्छ ।

जारी प्रथामा आधारित रहेको चलचित्रमा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ । ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन् । चलचित्रमा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।

बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको सिनेमामा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सहनिर्माताको रुपमा रहेका छन् ।