नरेन र सुरक्षाको ‘बुलाकी’को ट्रेलर सार्वजनिक

...

चैत, काठमाडौँ । काठमाडौं। चलचित्र ‘बुलाकी’ आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसै चलचित्रको ट्रेलर आज (बिहीबार) एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भुमिका रहेको  ‘बुलाकी’मा टोपेन्द्र विष्टको लगानी छ भने लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । 

चलचित्र ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ । रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले बुलाकीबाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्दैछन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको चलचित्र शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रमा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ । बिनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रलाइ शिब ढकालले छायाँकन गरेका हुन् ।