गीतकार रवीन्द्र आशिषको ‘हाँस्दा तिमी’ र ‘तस्बिर हेरि दिन बित्यो’ सार्वजनिक

...

चैत, काठमाडौँ । रवीन्द्र आशिष शैलीको शब्दमा रहेको दुई गीत सार्वजनिक भएका छन् । एकसाता भित्रै ‘हाँस्दा तिमी’ र ‘तस्बिर हेरि दिन बित्यो’ बोलका दुई गीत सार्वजनिक भएका हुन् ।

सार्वजनिक ‘हाँस्दा तिमी’मा सहिमा श्रेष्ठको स्वरमा रहेको छ । यस्तै विनोद पछाईको संगीत र राहुल प्रधानको एरेञ्ज रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । 

यस्तै ‘तस्बिर हेरि दिन बित्यो’मा शरद अधिकारीको स्वर र राजु सिंहको संगीत रहेको छ । यस्तै संगीत संयोजन भने फणिन्द्र राईले गरेका छन् । दुबै गीतको लिरिकल भिडियो भकारी एमडिसीको बेष्ट टोन म्युजिक युट्युबमार्फत् सार्वजनिक गरिएको छ । 

शैलीका यसअघि ‘मायाले बोलाउँछ,  ‘शैली’ एल्बम सार्वजनिक भइसकेको छ । यस्तै पुस्तक ‘शैली’ र गजलसंग्रह ‘माया महल’ सार्वजनिक भइसकेको छ ।