एक महिनामा सकियो ‘जय हो’को छायांकन

...

बैशाख, काठमाडौँ । मुक्तिनाथमा अन्तिम सट खिच्दै एक महिनामा चलचित्र जय हो को छायांकन सकिएको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको यो चलचित्र कास्की र मुस्ताङको विभिन्न स्थानमा छायांकन गरिएको हो । चलचित्रका निर्देशक टेक पौरखी राईले ३० दिनमा चलचित्रका सम्पुर्ण छायांकन सकिएको जानकारी दिए । 

चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

चलचित्रमा सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स, केबलमान सिङ बस्नेत प्रोडक्सन म्यानेजरमा रहेका छन् । 

सुरेश न्यौपानेको कथा लेखन रहेको चलचित्रमा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहको चलचित्र आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् ।