‘सिटामोल’को गीत ‘झुम्का कानैमा’को रेकर्ड

...

बैशाख, काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘सिटामोल’का लागी नयाँ गीत ‘झुम्का कानैमा’को रेकर्ड गरिएको छ । गोविन्द भट्टको शब्द, बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको गीतमा बाबुल गिरी र रोशनी श्रेष्ठ (राई)को स्वर छ ।

म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतमा नकुल कार्कीको रेकर्ड र प्रकाश खरेलको मिक्सिङ छ । ‘वृन्दावन’, ‘वीरंगना’ जस्ता फिल्मको निर्देशन गरिसकेका राजबहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्म ‘सिटामोल’मा सौगात मल्ल, बेनिशा हमाल, बुद्धी तामाङ, ज्ञानु सुनार, ध्रुव दत्त अनुबन्धित भइसकेका छन् ।  बाँकी अन्य कलाकार चाँडै अनुबन्धित गरिने निर्देशक सानेले बताए ।

चलचित्रको कथा साने स्वयंको हो भने स्क्रिप्ट डाक्टरको काम प्रदीप भारद्वाजले गरेका छन् ।

निर्देशक सानेले ‘नामले नै चलचित्रको थिम प्रस्ट्याउँछ । चलचित्रले नेपाली समाजमा घटिरहेको वास्तविक घटनालाई नै भन्ने उनकोभनाई छ । चलचित्रमा रमेश वन गोसाईं र श्याम थापाको लगानी रहनेछ । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी हुनेछ । चलचित्रको छायाकंन केही दिनमै सुरु गरिने निमार्णपक्षले जानकारी दिएको छ ।