‘बुलाकी’ निर्देशकले ‘फनफनी’ निर्माण गर्ने

...

जेठ, काठमाडौं । ‘बुलाकी’ निर्देशक लक्ष्मण सुनारको निर्देशनमा नयाँ चलचित्र ‘फनफनी’ निर्माण हुने भएको छ । कमेडी तथा पारिवारिक कथामा निर्माण हुने चलचित्रलाई हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरीले मिलेर निर्माण गर्दैछन् ।

fanfani-nepali-movie (1).JPG

आगामी तिहारपछी फ्लोरमा जाने चलचित्रमा अहिलेसम्म कलाकारको रुपमा अभिनेता आर्यन अधिकारी मात्रै अनुबन्धित छन् भने अन्यकलाकार छनोटको चरणमा रहेको जानकारी दिइएकोछ । 
छिट्टै चलचित्रको सम्पुर्ण कलाकार तथा प्राविधिक फाइनल गरेर औपचारिक निर्माण घोषणाको तयारी भैरहेको निर्माण टिमले जनाएको छ ।  चलचित्रको छायांकन नेपाल, भारत र अस्ट्रेलियामा हुने बताइएको छ ।