‘नीरफूल’को शनिबारको व्यापार शुक्रबारको भन्दा राम्रो

...

जेठ, काठमाडौँ । गएको शुक्रबार (जेठ २६) बाट प्रदर्शनमा आएको चलचित्र ‘नीरफूल’को ब्यापार पहिलो दिनभन्दा दोस्रो दिन राम्रो देखिएको छ । अर्थात आज शनिबारको ब्यापार बढेको देखिन्छ । अभिनेता दयाहाङ राईको मुख्य अभिनय रहेको यो चलचित्रले आज राजधानी र मोफसल गरी मल्टिप्लेक्समा मात्रै ८७ शो पाएको बितरक गोविन्द शाही र मनोज राठीले जनाएका छन् । 

चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फुर्वा, विजय लामालगायतको मुख्य भूमिका रहेको छ । थुप्रै हलमा आफ्नो चलचित्रले हाउसफुल व्यापार गरेको पनि निर्देशक फुलमान बलको कथन छ ।

गणेश हिमालको फेदीमा रहेको रुबी भ्याली र सो आसपासको सुन्दरतालाई चलचित्र नीरफूलमा निकै लोभलाग्दोसँग समेटिएको छ । यो चलचित्रमा प्रस्तुत लोकेशन अत्यन्त सुन्दर भएको पनि दर्शकहरुले बताएका छन् । चलचित्र नीरफूल एउटा फरक र मौलिक चलचित्र बनेको पनि दर्शकको प्रतिक्रिया छ ।
अभिनेता दयाहाङले पनि यो चलचित्रको स्कृप्ट निकै राम्रो भएको बताएका छन् ।