चलचित्र ‘बाघचाल’का लागी मुख्य अभिनेत्रीको अडिसन आह्वान

...

जेठ, काठमाडौँ । चलचित्र ‘बाघचाल’का लागी मुख्य अभिनेत्रीको अडिसन आव्हन गरिएको छ । चलचित्रले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आव्हान गरेको हो ।

चलचित्रमा यसअघि रिलिज भएको चलचित्र ‘लाखे’बाट प्रशंसा बटुलेका निर्देशक सम्राट बस्नेतको निर्देशन रहनेछ । उनी द्वन्द्व निर्देशक पनि हुन् । निर्देशक बस्नेतका अनुसार अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो [email protected] तथा ह्वाट्सएप नम्बर ९७७९८४३८३२४४ मा पठाउनुपर्नेछ । उनले यो समयसीमा असार ७ गतेसम्म रहेको बताए ।

निर्माण टिमले यसअघि सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै फिल्मका लागि चाहिने ७ कलाकारका लागि अडिसन आव्हान गरेको थियो । जसअनुसार शनिबार र आइतबार राजधानीमा अडिसन सम्पन्न भएको छ ।

यो अडिसनमा १ सय ५१ जना सहभागी थिए । दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्री नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

उत्तरगया म्यूजिक एण्ड फिल्मस् तथा सबिन फिल्मस्को व्यानरमा बन्ने फिल्ममा न्यू लक्ष्मी ज्वेलर्स९यूके०को सहकार्य हुनेछ । राजीव गुरुङ९दीपक मनाङे०को प्रस्तुतिमा निर्माण हुने चलचित्रमा कलाकारका रुपमा सांसद राजीव गुरुङ (दीपक मनाङे), सबिन श्रेष्ठ यसअघि नै फाइनल भइसकेका छन् ।

चलचित्रको निर्मातामा धनबहादुर गुरुङ (डिबी), टिकाराम भण्डारी, समिर शाही (अष्ट्रेलिया) र कृष्ण थापा (अष्ट्रेलिया) छन् । चलचित्रमा अभिनेता सबिन श्रेष्ठ कार्यकारी निर्माता छन् ।