मल्टिस्टारर लभ स्टोरी चलचित्रको तयारीमा दिनेश

...

असार, काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा २००५ बाट छायांकारको रुपमा भित्रिएका दिनेश श्रेष्ठ पछिल्लो समय चलचित्र निर्देशन गरिरहेका छन् । श्रेष्ठ अहिलेका परिचित निर्देशक हुन् ।

उनले अहिलेसम्म ५ वटा फिचर चलचित्रमा छायांकार र ३ वटा फिचर चलचित्र निर्देशन गरिसकेका छन् । उनले नेपाली चलचित्र कामचोर, सकुन्तला र चि मुसि चि निर्देशन गरेका छन् ।  
 
उनै श्रेष्ठ फेरी नयाँ चलचित्र लिएर आउने तयारीमा छन् । अहिले उनी दुई चलचित्रका लागी तयारीमा जुटेका छन् । उनले निर्देशन गर्ने भनिएको चलचित्र मल्टिस्टारर लभ स्टोरी हुने बुझिएको छ । यद्यपी नाम भने खुलाइएको छैन ।