‘हात्तिछाप’को अष्ट्रेलिया र न्युजल्याण्ड राइट्स बिक्रि

...

असार, काठमाडौँ । नेपाली चलचित्र ‘हात्तिछाप’को अष्ट्रेलिया र न्युजल्याण्ड राइट्स बिक्रि भएको छ । निर्देशक सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने यो चलचित्रका निर्माता किरण नेपालीले एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको विभिन्न देशको विदेश राइट्स बिक्रि भएको जानकारी दिएका हुन् ।

आगामी असार २५ गतेबाट फ्लोरमा जाने चलचित्रको अहिले प्रिप्रोडक्सनको काम धमाधम भैरहेको छ । चलचित्र स्टारकास्टका कारण पनि चर्चामा छ । ससको कारण छायांकन अगावै चलचित्रको धमाधम विदेश राइट्स बिक्रि भैरहेको छ । निर्माता नेपालीले चलचित्र नेपाल र विदेशमा एक साथ रिलिज गर्ने तयारी भैरहेको पनि बताए ।

रेड बर्ड प्रोडक्कसनको ब्यानरमा निर्माण हुने चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सुशन प्रजापतिको छायांकन रहने चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, गौरव पहारी, उपासना सिह ठकुरी, बुदि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकास घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुस्मा निरौला, रविन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाललगायतका कलाकारको अभिनय हेर्न सकिनेछ ।