हाँस्य कलाकारले हँसाउँदै फेरीदिएको बर्दिबासको मुसहर बस्तीको जीवन

...

फागुन, काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका २ मा रहेको मुसहर बस्तीका बालबालिकाले सरसफाई सप्ताह अभियान सुरु गरेका छन् । सरसफाईमा निकै कमजोर देखिएको मुसहर बस्तीका बालबालिकाले धुर्मुस सुन्तली सरसफाई अभियान अन्र्तगत बाल क्लब गठन गरेर अभियान सुरु गरेका हुन् ।
musahar basti 5धुर्मुस सुन्तली सरसफाई अभियानलाई साथ दिन भन्दै मुसहर बालबालिकाले केहि समय अघि नव युग बाल क्लब गठन गरेका थिए । क्लबमा समेल मुसहर बालबालिकाहरुले शनीबार हातहातमा कुच्चो लिएर बस्ती सफा गर्नुका साथै सडक बढारेका छन् । एका बिहानै हातमा कोदालो बोकेर खेतखेतमा मुसाको दुलो खोज्दै हिँड्ने बस्तीका बालबालिका आफ्नो गाउँ सफा बनाउन लागि परेको नवयुग बालक्लवका अध्यक्ष अञ्जली सदाले बताएकी छिन् ।

शनिबार बस्तीका बालबालिका सरसफाइमा जुटेपछि वरिपरिका स्थानीयहरु चकित परेका मुसरहर बस्तिमा ट्युसन पढाउँदै आएका मञ्जय सदाले बताएका छन् । सरसफाइ र शिक्षामा सचेत हुन थालेपछि मुसहर बस्तीलाई छिमेकीले हेर्ने दृष्टिकोणमा परिवर्तन भएको उनको भनाई छ । युवा पत्रकार तथा समाजिक अभियान्ता राजकरण महतोको पहलमा मुसहर बस्तीमा बाल क्लब गठन हुनुका साथै सरसफाई अभियान सुरु भएको हो ।

musahar basti 2विद्यालयसमेत नजाने मुसहर बस्तीका बालबालिका धुर्मुस सुन्तलीले अभिभावकलाई सम्झाई बुझाई गरेपछि अहिले ट्युसनसमेत पढ्न थालेका छन् । मुसहर बस्तीमा सबै भन्दा बढि पढेका मञ्जय सदालाई धुर्मुस ( सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)ले हौसल्ला प्रदान गर्न पुरस्कृत गरेपछि उनले आफ्नो बस्तीका करिब ६० बालबालिकालाई निःशुल्क ट्युसन पढाउदै आएका छन् ।

musahar basti 3

छोराछोरीलाई पढाउनु पर्छ भन्ने कुरा धुर्मुश र सुन्तलीले मुसहर समुदायका अभिभावकहरुको आँखा खोलिदिएको बस्तीकी मानकी सदाले बताएकी छिन् । यस्तै, धुर्मुस सुन्तली सरसफाई अभियान सफल बनाउन विभिन्न क्लब गठन हुनुका साथै संघ,संस्थाहरुले ऐक्यबद्धता जनाउने क्रम पनि जारी छ ।
तस्वीर ः राजकरण महतो