रिसाउँने, कराउने, चिच्याउने प्रियंका कार्की (भिडिओ रिपोर्ट)

...

असार, काठमाडौँ । नायिका प्रियंका कार्की रुन्छिन्, कराउँछिन्, चिच्याउँछिन्, एकदम रिसाउँछिन् । तपाईले कहिल्यै देख्नुभएको छ नायिका प्रियंका कार्कीलाई रिसाएको, जंगिएको, कराएको अथवा रोएको ? चलचित्रमा त पक्कै देख्नुभएको होला । तर हामी चलचित्र भन्दा बाहिरको कुरा गर्दैछौं । 

बोल्ड नायिका प्रियंका कार्की रिसाउँदा कस्ती देखिन्छिन् होला ? उनी धुरुधुरु रुँदा कस्ती देखिन्छन् होला ? उनलाई आक्रोशित भएको बेला कस्तो देखिन्छ होला ? आज यहाँ यिनै कुरा भइरहेका छन् । 
कुरा हिमालय रोडिज्को हो । रोडिजको पाँचौं सिजन यहि साउन ८ गतेबाट हिमालय टेलिभिजनबाट प्रसारण हुँदैछ । यसै बिषयमा हिजो सोमबार काठमाडौंमा प्रेसमिट गरियो । कार्यक्रममा नायिका प्रियंका कार्कीको कुरा धेरै उठे ।

उनी पहिलोपटक रोडिजको टिम लिडरको रुपमा देखिदैछिन् । यो एक रियालिटी शो हो । शो भित्र रुने, कराउने चिच्याउने, रिसाउने सबै हुन्छ । यो कुनै चलचित्रमा एक्सन कट गरेजस्तो भने होइन् । रियलमा जेजे गरिन्छ त्यो देखाइन्छ । त्यसैले रियालिटी शो भन्ने गरिन्छ । आउनुहोस् प्रेस मिटमा भएका प्रियंका बिशेष प्रश्न उत्तर सुनौँ ।

भिडिओ रिपोर्टः