संगीत क्षेत्रका केहि कलाकारमा मानवता नै छैनः गायिका संगीता पौडेल

...

असार, काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा ४० बढी गीत गाएकी गायिका संगीता पौडेलले आफ्नो संगीतको क्षेत्रका केहि कलाकारहरुमा मानवता नै नभएको बताएकी छिन् । बि.स. २०७१ बाट औपचारिक रुपमा गीत गाएरै लोकदोहोरी क्षेत्रमा प्रवेश गरेकी संगीताले लोकप्रिय कलाकारहरुमा पनि मानवता नभटेको बताउँछिन् । 

उनले आफूले बनाएका गीत पनि १५ वटा पुगिसकेको बताउँछिन् । आफूले शब्द तथा संगीत भरेका गीत गाएका लोकप्रिय गायकहरुले कुनै स्टेजमा जाँदा सर्जकको नाम लिन पनि अप्ठ्यारो मानेको भन्दै पछिल्लो समयको गीतसंगीतको क्षेत्रबाट अचम्मित परेको बताइन् । आफूले कसैको साथ सपोर्ट नपाएको भन्दै धुरु धुरु रोइन् । जुन भिडियो रिपोर्टमा हेर्न सक्नुहुनेछ । 

साथै गायिका संगीताले आफूले स्टेज कार्यक्रममा पनि नबोलाउने भन्दै दुखेसो पोखिन् । १५ बर्षको उमेरमै बिहे गरेकी संगीताले २० बर्षको उमेरभित्र सन्तान पाइन् ।  त्यसपछि गीत गाउन लागिन् । अहिले स्टेजमा उफ्रिनेहरुको हावी भएको भन्दै आफूलाई नबोलाउने बताउँछिन् ।