चलचित्र ‘जय हो’को पहिलो गीत सार्वजनिक

...

साउन, काठमाडौँ । आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जय हो’ को पहिलो गीत सार्वजनिक गरिएको छ । शोभित बस्नेतकको प्रस्तुतीमा निर्माण भएको यो चलचित्रमा समावेश  ‘जोमसोमको डाँडैमा हिँउ खेल्न जाने की’ बोलको गीत सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरियो । 

सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द रचना तथा संगीत रहेको गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको अडियो तथा भिडियो पक्ष बबाल लाग्छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् । 

टेक पौरखी राईको निर्देशन निर्माण भएको चलचित्रमा प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको चलचित्रका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् । मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको चलचित्रका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । 

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक पोस्टरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए । पोस्टरले दर्शकमाझ बढाएको कौतुहल्ता सार्वजनिक टिजरले अझै बढाएको विश्वास निर्माण टिमलाई छ । चलचित्रलाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।