अन्जु पन्तका लागी थिरले लेखेको ‘तिम्रो सुन्दर रुप’ सार्वजनिक, भिडिओमा छोरी

...

साउन, काठमाडौँ । लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । जुन गीत उनका श्रीमान थिर कोइरालाले अन्जुकै लागी लेखेका हुन् । ‘तिम्रो सुन्दर रुप’ बोलको गीतमा अन्जुका लागी उपहार स्वरुप दिने सोच बनाएर लेखेको बताएका छन् ।

गीतमा अन्जुसँगै रञ्जन राईको स्वर रहेको छ । गीतको भिडिओ भने अन्जु पन्तकै युट्युव च्यानलबाट अपलोड गरिएको छ । गीतमा संगीत भर्ने काम भने नविन कार्कीले गरेका छन् ।  

गीतको भिडिओमा अन्जुकै छोरी परितोषिका पन्तको अभिनय देख्न सकिन्छ । यो भन्दा अघि पनि अन्जुकै अर्को गीतमा छोरी परितोषिकाले अभिनय गरिसकेकी थिइन् । अहिलेको गीतमा परितोषिकालाई अभिनयमा विक्रम बुढाथोकीले साथ दिएका छन् । 

गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काको टिमले सिनेमाटोग्राफी गरेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।