सारुकको मोबाइलमा भेटियो सुसाइड नोट

...

साउन, काठमाडौँ । गत असार ११ गते आफ्नै घरमा मृत फेला परेका अभिनेता सारुक ताम्राकारले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट फेला परेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको सारुकको मोबाइलमा सुसाइड नोट भेटिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका स्रोतका अनुसार, ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन् । ‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’

छोराको निधनको चिन्ताले उनका पिता सानु ताम्राकार अस्वस्थ बनेका छन् । उनलाई शनिबार थापाथलीस्थित नर्भिक अस्पातलमा भर्ना गरिएको छ । उनीसँग परिवारका केही सदस्यबाहेक अरु कसैलाई भेट्न दिइएको छैन । उनी बोल्न सक्ने अवस्थामा नभएको बुझिएको छ ।