चलचित्र ‘हिँड्दा–हिँड्दै’ को ट्रेलर सार्वजनीक

...
साउन, काठमाडौँ । प्रेमकथानक चलचित्र ‘हिँड्दा हिँड्दै’ को ट्रेलर सार्वजनीक गरिएको छ । युट्युव च्यानल डिएआर मुभीजमार्फत दर्शकमाझ ल्याइएको करिब तीन मिनेट लामो टे«लरमा चलचित्रका सबै प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ । 

भदौ १ गते प्रदर्शन हुने चलचित्रको निर्देशन मिलन आले मगरले गरेका हुन् । सुशील पंगेनीको लेखन र निर्माण रहेको चलचित्रमा आकाश श्रेष्ठ,सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह, सानीया खान, भोला सापकोटा, बिमल श्रेष्ठ, बिशाल श्रेष्ठ, बिकास थापा मगर र बालकलाकार अर्विन थिङले अभिनय गरेका छन् । 
 
नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित चलचित्रको प्रस्तुतकर्ता बिमल श्रेष्ठ हुन । सुमनकुमार तण्डुकारले खिचेको चलचित्रका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकलको संगीत,कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी अनि देव महर्जनको द्धन्द्ध निर्देशन छ । राज लामा निर्माता रहेको चलचित्रको सहनिर्मातामा प्रमोदकुमार तामाङ र महादेव साह छन् ।
गौतमराज खड्काले सम्पादन गरेको फिल्मको कलर ग्रेडिङ समीर मियाँले गरेका हुन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको ट्रेलरमा आकाश र रेखाबीच प्रेम, बिश्वास र धोकाको परिक्रम प्रस्तुत गरिएको छ । अभिनेता आकाशको फिल्म करिब एक बर्षपछि दर्शकमाझ आउन लागेको हो ।