‘नाङ्गो गाउँ’ ट्रेलरः दयाहाङ र शिशिरको राजनीतिक लडाई

...

भदौ, काठमाडौँ । भदौको २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ ।  बुढासुब्बा डिजिटलको युट्युब च्यालनबाट सार्वजनिक ट्रेलरमा राजनीतिक परिवेशलाई रोचक तरिकाले देखाइएको छ । क्लक वर्क क्रियशनको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको चलचित्रका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् ।

चलचित्रको ट्रेलरमा शिक्षण पेशाबाट समाज सुधार्न राजनीतिमा प्रवेश गरेका दयाहाङ राई र राजनीतिलाई व्यवसाय बनाउँदै आएका शिशिर वाङ्देल विचको राजनीतिक लडाई देखाइएको छ । फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एस डी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

यो चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

यसअघि चलचित्रको पोष्टर, टिजरले दर्शकको साथ पाइसकेको समयमा चलचित्रको ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकता अझै बढाएको छ ।