चलचित्र ‘वानर सेना’को क्यानडामा विशेष शोको आयोजना

...

भदौ, काठमाडौँ । आगामी असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘वानर सेना’को क्यानडामा विशेष शोको आयोजना गरिएको छ । निर्माता युवराज गिरीले दिएको जानकारी अनुसार अगष्ट १९ र २० तारिखमा शोको आयोजना गरिएको हो । उनले चलचित्रको सम्पुर्ण टिकट अग्रीम बिक्रि भएको हुनाले चलचित्रको दुवै दिनको शोमा दर्शकको उत्साह पूर्ण सहभागीता रहेको जानकारी समेत दिएका छन् ।

क्यानडाको विनिपेग फिल्म ग्रुप थिएटरमा चलचित्रको विशेष शोको आयोजना गरिएको थियो । गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएकको चलचित्रमा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र बिशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

चलचित्रमा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्धन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पाद रहेको छ ।

यही चलचित्रबाट अपर्ण गिरी (अरमान जंग) ले निर्देशनमा डेव्यु गरेका छन् । चलचित्रको कथा, पटकथा तथा संवाद पनि स्वयंम निर्देशक गिरीले नै लेखेका हुन् । युवराज गिरीको लगानी रहेको चलचित्रलाई करण श्रेष्ठ क्रेजीका रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।