‘हामी तीन भाई’को ८० प्रतिशत छायांकन सकियो

...

भदौ, काठमाडौँ । चलचित्र ‘हामी तीन भाई’को ८० प्रतिशत छायांकन सकिएको छ । चलचित्रका निर्देशक मधुसुदन भट्टराईले बाँकी २० प्रतिशत छायांकन काठमाडौंमा गरिने जानकारी दिएका छन् । चलचित्रको अधिकांश छायांकन मकवानपुरको चित्लाङमा गरिएको छ । काठमाडौंमा एक गीत र केही सिनको मात्रै छायांकन गरिनेछ ।

साजित महत प्रस्तुतकर्ता रहेको सिनेमामा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा, यादव देवकोटा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसी, अन्जु हमाल, विकास चापागाई, सुष्मा निरौला, राज दिप, तारा शर्मा र बाल कलाकार एलेक्स खड्काको अभिनय रहनेछ ।

hami-teen-vai-movie (2).jpg

निर्देशक भट्टराईको कथा रहेको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सिनेमाको सह(निर्मातामा छन् । बिशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन् ।

प्रसिद्धि सिने आट्सको ब्यानरमा निर्माण हुने चलचित्रमा शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्वसंगीत, मिक्सिङ मुकेश शाह, भिएफएक्स समिर मियाँ, बनिष शाहको सम्पादन रहेको छ । चलचित्रका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञान कुमार कट्टेल तथा सहायक निर्देशक दिनेश कार्की हुन् ।