खुल्यो दीपक दिपाको फिल्म हल, नेपाली निर्मातालाई ५० प्रतिशत सेयर दिने घोषणा

...

भदौ, काठमाडौँ । पाँचबर्ष अघिबाट निर्माण सुरु गरिएको नयाँ बानेश्वस्थित आईएनआई सिनेमाज् सन्चालनमा आएको छ । कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको यो हल शुक्रबार बिहानदेखी औपचारिक रुपमा सन्चालनमा आएको हो । शुक्रबार दिउँसोको शोज्बाट दर्शकले चलचित्र हेर्न पाउनेछन् । आज शुक्रबारदेखि यो हलमा ‘एक भागवत र एक गीता’, ‘नाङ्गो गाउँ’, ‘जवान’ र ‘नन् २’ गरी चारवटा फिल्मको प्रदर्शन थालिएको छ ।

ini-cinemas-new-baneswor-nb-center.jpg

निर्मातालाई ५० प्रतिशत सेयर दिने घोषणा
हल सन्चालक दीपकराजले निर्माताको पक्षबाट सहज हुने एक घोषणा गरे । उनले आफ्नो हलमा लाग्ने नेपाली चलचित्रलाई ५० प्रतिशत सेयर दिने घोषणा गरे ।   हलको उद्घाटन कार्यक्रममा बोल्दै दीपकराजले आफ्नो हलबाट निर्माता र प्रदर्शकले बराबर सेयर पाउने घोषणा गरेका हुन् । उनले भने, ‘हामीले वर्षौंदेखि भन्दै आएको कुरा के हो भने निर्माता र प्रदर्शकले चलचित्रबाट प्राप्त गर्ने रकम बराबर हुनुपर्छ । शेयर बाँडफाँडमा हामी निर्माताको असन्तुष्टि रहँदै आएको छ । यो हलमा भने निर्माता र प्रदर्शकबीच ५०/५० प्रतिशत सेयर बाँडफाँड हुने घोषणा गर्दछु ।’

ini-cinemas-new-baneswor-chowk.jpg

साथै दीपकले नेपाली निर्माताहरुको गुनासोलाई आफूले सहजीकरण गर्ने समेत बताए । प्राय निर्माताहरु बिदेशी चलचित्रको चेपुवामा परेको गुनासो आउँने भएकाले आफ्नो हलमा विदेशीभन्दा नेपाली चलचित्रलाई प्राथमिकता दिने पनि बताए । उनी अघि भन्छन्, ‘चलेका नेपाली चलचित्र चाहिँ पीडित हुनु नपरोस् । चलचित्रनै चलेको छैन भने त माया प्रेमले मात्र हल चल्दैन । राम्रो चलेको नेपाली चलचित्रलाई पीडित हुने अवस्था आउन दिने छैनौं ।

अहिलेसम्म नेपाली चलचित्रले प्रदर्शनको पहिलो साता ५०, दोश्रो साता ४५, तेश्रो साता ४० र त्यसपछि ३५ प्रतिशत शेयर पाउँदै आएका छन् । तर, अब दीपकराजले घोषणा गरेअनुसार भने आइएनआई नयाँ बाँनेश्वरमा नेपाली चलचित्र जति साता चलेपनि ५० प्रतिशत नै शेयर पाउनेछन् ।